‘मिस नेपाल वर्ल्ड-२०२४’ आश्माकुमारी राप्रपाको केन्द्रीय सदस्य
अखबार टुडे
प्रकाशित:
२०८१, १ आश्विन

काठमाडौं । ‘मिस नेपाल वल्र्ड–२०२४’ आश्माकुमारी केसी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य बनेकी छन् । राप्रपाले मंगलबार २० जना युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको हो । जसमा ‘मिस नेपाल वर्ल्ड–२०२४’ विजेता केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले ‘नवीन राप्रपा कार्ययोजना’अन्तर्गत ४० वर्षमुनिका २० युवलाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाको अन्तर्वार्तापछि १० महिना र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको थियो । अन्तर्वार्तापछि ‘मिस नेपाल वर्ल्ड’ केसी पनि केन्द्रीय सदस्यमा छनोट भएको राप्रपाले जनाएको छ ।

राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार ‘मिस नेपाल वल्र्ड’ काठमाडौंकी केसीका अलावा दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र युके प्रवासका डा. डेभिड थापा राप्रपा केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ र काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ तथा हुम्लाकी तारा जैसी पनि राप्रपा केन्द्रीय सदस्य छनोट भएका छन् ।

तस्बिर : हिडेन ट्रेजरको फेसबुक पेजबाट साभार

प्रतिक्रिया