उपसभामुख इन्दिरा राना मगर रुस प्रस्थान
प्रकाशित:
२०८१, १ आश्विन

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुन मंगलबार रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ ।
उनको सचिवालयका अनुसार उपसभामुख राना दुबई, मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने तालिका रहेको छ । रुसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई असोज ३ गते उपसभामुख रानाले सम्बोधन गर्ने कार्यक्रम छ । उनी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
