‘नरसिंहाः अवतार’मा उषा खड्गी
प्रकाशित:
२०८१, २७ भाद्र

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने आगामी फिल्म ‘नरसिंहाः अवतार’मा उनी अनुबन्धित भएकी छन् ।
निर्देशक भट्टराईले उषालाई बुधवार उक्त फिल्मका लागि अनुबन्धित गराएका छन् । आगामी असोज ७ गतेदेखि छायांकन सुरु हुने भनिएको यो फिल्मका लागि यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी लगायतका कलाकार अनुबन्धित भइसकेका छन् ।
यो फिल्ममा उषाको महत्वपूर्ण भूमिका रहने बताइएको छ । सन् २००० की मिस नेपाल उषाको यो डेब्यू फिल्म हुनेछ । फिल्ममा अनुबन्धित भएपछि उषाले भनिन्, ‘यो फिल्ममा काम गर्न मलाई जुरेको रैछ, म निकै खुशी छु ।’
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
