काठमाडौं । गायक भीम लिम्बू ‘जुरी अवार्ड’बाट सम्मानीत भएका छन् । हालै संघीय राजधानी काठमाडौंमा सम्पन्न ‘११औँ छायाँछवि तीज म्युजिक अवार्ड–२०८१’को अवसरमा उनी सम्मानीत भएका हुन् ।
छायाँछवि क्रियशनद्वारा आयोजित ‘तीज गीत म्युजिक भिडियो अवार्ड’ कार्यक्रममा भीमलगायत निर्णायकको भूमिका निर्वाह गर्ने कलाकारहरुलाई ‘जुरी अवार्ड’बाट सम्मानीत गरिएको थियो । उक्त कार्यक्रममा भीम लिम्बूसहित गीतकार कृष्णादेबी आचार्य रोशनी, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योति थापा निर्णायक रहेका थिए ।
एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका गायक भीमको हालैमात्र ‘खुल्यो है खुल्यो’ गीतको भिडियो दर्शक तथा श्रोतामाझ आएको थियो । त्यसअघि उनको ‘मिम्जिमा ए’ बोलको लिम्बू कल्चरल पालम गीत ल्याएका थिए । हाल ती दुवै गीत युट्युबमा चर्चामा छ ।
गायक भीम पछिल्लो समय कार्यक्रमहरुमा व्यस्त रहँदै आएका छन् । साथै, भीमले विभिन्न अवार्ड र इभेन्टहरुमा निर्णायकको भूमिका समेत निर्वाह गर्दै आएका भीम छन् । ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’जस्ता चर्चित गीतका गायक भीमले गाएका लिम्बू भाषाका केही गीतहरु पनि लोकप्रिय छन् ।
भीम लिम्बूको ‘मिम्जिमा ए’ पालम हेर्न तलको लिंकमा क्लिक गर्नुस्