विष्णु माझीको नयाँ तीज गीत (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८१, ८ भाद्र

काठमाडौं । चर्चित लोकगायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । उनी प्रत्येक वर्ष तीज गीत ल्याउने गर्छिन् । यस्तै, यसपालीको तीजलाई लक्षित गर्दै विष्णु माझीले ‘आइनँ आमा यो तीजमा’ बोलको गीत गाएकी छन् ।

विष्णु माझीको हरेक तीन गीत महिलाका पीडा समेटिएको हुन्छ । यस्तै यसपाली पनि उनले माइत जान नपाएको लगायतका महिलाका पीडा गाएकी छन् ।

विष्णु माझीले गाएको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक भएसँगै चर्चा आएको छ । यो गीत युट्युबमा अपलोड गरिएलगत्तै ह्वातै भ्युअर्स बढिरहेको छ ।

‘पुतलीको भट्टी भाग २०’मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ । विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ ।

गीतको भिडिओमा मोडल ललिता पौडेललाई देख्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोलाई सुन्दरमणीले नै निर्देशन गरेका हुन् । शम्भु चालिसेले खिँचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया