मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते
प्रकाशित:
२०८१, ७ भाद्र

तनहुँ । तनहुँको ऐना पहरामा भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १६ यात्रुको उद्दार गरिएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार १४ जनाको शव निकालिएको छ । शक्रुबार बिहान पोखराबाट काठमाडौंतर्फ आइरहेको भारतीय पर्यटक बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । बस अझै पानीमै छ । उक्त बसमा ४० जना सवार रहेको पाइएको प्रहरीले जनाएकाे छ । उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जना टोली सँगै प्रहरी खटिएको छ । भीर भएका कारण तुइनको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको शसस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
