युक्रेनको संसदद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सामेल हुने पक्षमा मतदान
प्रकाशित:
२०८१, ६ भाद्र

किएभ, (एजेन्सी) । युक्रेनको संसद्ले बुधबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सामेल हुन मतदान गरेको छ । किएभले रुसलाई आफ्नो आक्रमणका क्रममा गरेको युद्ध अपराधमा न्यायको दायरामा ल्याउन खोजेको छ ।
आइसिसीले नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधहरूमा मुद्दा चलाउँछ । आइसिसीसँग पक्राउ वारेन्ट जारी गर्ने शक्ति रहेको छ र यसलाई कार्यान्वयन गर्न उसका एक सय २४ सदस्य बाध्य छन् ।
युक्रेनले सन् २००० मा अदालतको स्थापना गर्ने रोम विधानमा हस्ताक्षर गरेको थियो तर केही राजनीतिक र सैन्य हस्तीहरूले युक्रेनी सैनिकहरूले अभियोजनको सामना गर्नुपर्ने हुनसक्ने आशङ्का व्यक्त गरेपछि यसलाई अनुमोदन गरेको थिएन
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले संसद्ले कानून अनुमोदन गरेपछि बुधबारको कदमलाई ‘ऐतिहासिक’ बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
