बझाङमा पहिरो : एकै परिवारका चारजनाको मृत्यु
प्रकाशित:
२०८१, ३ भाद्र

बझाङ । बझाङमा पहिरोमा पुरिएका चारै जनाको शव फेला भेटिएको छ । आइतबार राति बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो खस्दा घरभित्र च्यापिएका चारै जनाको मृत्यु भएको हो ।
स्थानीय भरत महरका अनुसार पहिरोमा परेर ज्यान गुमाउनेहरूमा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामी रहेका छन् । सोमबार बिहान प्रहरी र स्थानीयको टोलीले आज बिहान क्षतिग्रस्त घरबाट शव निकालेको हो । उनीहरु एकै परिवारका हुन् । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे पहिरो खसेको थियो ।
पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल उद्धार गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
