आलव लिम्बूका लागि अनिलाले लेखिन् यस्तो गीत (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८१, १ भाद्र

काठमाडौं । ‘हुने विरुवाको चिल्लो पात’ भनेजस्तै ६ वर्षीय आलव लिम्बू मेन्याङ्बोको सांगीतिक भभिष्य उज्वल देखिन्छ । आलाव ‘द भ्वाइस अफ किड्स’को सिजन–३ मा सहभागी भएपछि चर्चामा आएका हुन् ।

उनै बाल प्रतिभा आलवको स्वरमा ‘भाडा माझ्न पठायौं आमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त मर्मश्पर्शी बाल गीतमा शब्दरचना गायिका अनिला राईको रहेको छ ।

पवन बान्तवा राईको संगीत रहेको यस गीतलाई गायिका तथा गीतकार अनिला राईकै अफिसियल युट्युब च्यानल ‘ अनिला राई अफिसियल’मार्फत सार्वजनिक गरिएको हो । गीतमा कलाकार आलावको सुमधुर स्वर रहेको छ । यो गीत आलावको सम्भवतः पहिलो रेकर्डिङ गीत हो ।

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन–३ को शनिबार (आजै) फाइनल हुँदैछ । द भ्वाइसको सुरुदेखि नै चर्चामा आएका आलाव भने दूर्भाग्यवस फाइलनसम्म पुग्न सकेनन् । फाइनल यात्रा तय गर्न नसकेपनि आलाव सांगीतिक क्षेत्रमा चर्चामा आएका छन् । संयोगवस यसैबेला ‘भाडा माझ्न पठायौँ आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रतियोगिताको लाइभ राउण्डसम्म आलाव ‘द भ्वाइस अफ किड्स’ सिजन–३ को विजेताका दावेदारका रुपमा चर्चामा थिए ।

स्टुडियो किङमा छायाँकन गरिएको यस गीतलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् । यो गीतलाई दर्शक तथा श्रोताले रुचाइदिने छन् भन्ने गीतकार अनिलाको विश्वास छ । गायिका तथा गीतकार अनिला भन्छिन्, ‘यो गीत स–सना नानीहले भोग्दै आएको बाध्यता र यर्थाततालाई लिएर लेखेकी हुँ ।’

गीतले भनेजस्तै, धेरै बालबालिका अवस्थाका कारण भाडा कलिलो उमेरमा भाडा माझ्न बाध्य पारिएका छन् । ‘भाडा माझ्न पठायौं आमा’ गीतलाई ‘रियालिटीमा आधारित गीत’का रुपमा लिइएको छ । साथै, यस गीतले बाल कलाकार आलावलाई थप चर्चामा ल्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया