
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आन्सिकदेखि साधारणतया बदली रहको छ । यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको जनाइएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती देशभर आन्सिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
