सुनको मूल्यमा कीर्तिमान, कसरी हुँदैछ कारोबार ?
प्रकाशित:
२०८१, २१ श्रावण

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
