पोखरामा स्कुल बस दुर्घटना : आमा-छोराको मृत्यु
प्रकाशित:
२०८१, १४ श्रावण

पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा आमा–छोराको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताएको छ । चालकलाई भने थप उपचारका लागि मणिपाल अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
