राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान, आजै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०८१, २९ असार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ उपधारा २ बमोजिम (दुई वा दुईभन्दा बढी दलको समर्थनमा) सरकार गठनका लागि आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि प्रतिनिधिसभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्नआइतबार साँझ ५ बजेसम्मको समय दिएको शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो संगै नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा अब केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।

*आजै ओलीलाई प्रधानमन्त्री चयन गर्ने तयारी गरिएको छ । त्यसका लागि एमाले र कांग्रेस नेताहरु अहिले शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया