पानीको अभाव भएपछि पर्यटक आगमानमा रोक
अखबार टुडे
प्रकाशित:
२०८१, ९ असार

रोम, (एजेन्सी) । मुख्य भूमिबाट पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा शनिबार रोक लगाएको छ ।

क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको छ ।

टापुमा पानी आपूर्तिको अभाव हुनुमा आपूर्ति कम्पनीले बिहीबार मुख्य भूमिमा प्राविधिक समस्या आएको र त्यसपछि क्याप्रीमा आपूर्तिमा समस्या रहेको बताएको छ ।

‘क्याप्रीमा दैनिक आउने हजारौं पर्यटकको आगमनले आपतकालिन अवस्था बिग्रने र स्थानीयको लागि खानेपानी आपृूति ट्याङ्करबाट प्रति घर २५ लिटरसम्म गर्न सक्ने व्यवस्था गरिएको छ’ उनले थपे ।

नेपल्समा रहेको क्याप्री, सेतो भिला, पर्यटकीय गन्तव्य र ठूला होटेलको लागि प्रसिद्ध रहेको छ । यहाँ लगभग १३ हजार स्थायी बासिन्दा छन् ।

प्रतिक्रिया