गणतन्त्र दिवस मनाइयो
प्रकाशित:
२०८१, १५ जेष्ठ

काठमाडौं । आज गणतन्त्र दिवस । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण र कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरेको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले मार्चपास गरेका थिए भने नेपालको कला र संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
