गायिका एलिना चौहानले कसिन् लगनगाँठो
प्रकाशित:
२०८१, ५ बैशाख
काठमाडौं । गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् । एलिना र विष्णु लामो समयदेखि अफेयर्समा थिए ।
विवाह समारोहमा बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनालीलगायत विवाहमा उपस्थित थिए । विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपतिनाथ मन्दिरको भेटी चोरीमा कोषाध्यक्षकै संलग्नता भएको खुलासा !
‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल’का प्रतियोगीहरु प्रशिक्षणमा व्यस्त
दुर्घटनामा राष्ट्रपतिको मृत्यु, इरानको सत्तामा अब के हुन्छ ?
प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत
यी स्थानमा आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना