होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता
प्रकाशित:
२०८०, ११ चैत्र

उदयपुर । होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता भएका छन् । उनीहरू आइतबार रङ खेलेर नुहाउन सुनकोसी गएका थिए ।
बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।
उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जनाएको छ । अहिले साँझसम्म बेपता उनीहरु फेला परेका छैनन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
