पार्टी विभाजित भएपछि पहिलोपटक नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
प्रकाशित:
२०८०, ४ चैत्र
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ । महेन्द्र राय यादव पक्षको नेताहरु नेकपा माओवादीमा समाहित भएपछि पहिलोपटक आज नेसपाको बैठक बस्न लागेको हो ।
बैठक आज मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनुका साथै महिन्द्र राय यादव पक्षधरले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको विषयमा समेत छलफल गरिने बताइएको छ । यादवसहितका केही नेताहरुले शुक्रबार माओवादी केन्द्रमा एकता गर्ने सहमति गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार