योगेशकाजीको ‘फूलमाया कान्छी’ यस्तो देखिए प्रकाश र सनिशा
प्रकाशित:
२०८०, २८ फाल्गुन

काठमाडौं । पछिल्लो समयका व्यस्त एवं चर्चित गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ । गायक तथा संगीतकार योगेशकाजीले अहिलेसम्म चार दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दर्जनौंमासंगीत, एरेन्ज र शब्दरचना गरिसकेका छन् ।
‘फूलमाया कान्छी’ गीतको भिडियोमा चर्चित लोकगायक एवं मोडल प्रकाश सपुत र सनिशा भट्टराईले अभिनय गरेका छन् । यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सुनिल बिकको निर्देशन रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
