सुनकाे मूल्य प्रति तोला एक लाख २६ हजार पुग्यो
प्रकाशित:
२०८०, २७ फाल्गुन

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुन आइत्बार हालसम्मकै उच्च एक लाख २६ हजार रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा आज थप १ हजार रुपैयाँले वृद्धि हुँदै १ लाख २६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आइतबार तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने अघिल्लो हप्ताको मूल्यमा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
