डीडराजको ‘छायाँ’मा दृश्य र आस्था
प्रकाशित:
२०८०, १९ फाल्गुन

काठमाडौं । नयाँ गीत छायाँको म्यूजिक भिडियो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार श्रीप्रसाद पण्डित हुन् । यो गीतलाई दिनेश राजबाहकले एरेञ्ज एवं मिक्सिङ गरेका छन् ।
साहित्यका बिविध बिधामा कलम चलाइरहेपनि गीतकारका रुपमा श्रीप्रसाद पण्डितको रेकर्ड भइ भिडियो आएको भने यो पहिलो हो । उनले यो गीतलाई आफ्नै च्यानल श्रीपण्डितबाट रिलीज गरेका छन् ।
छायाँको भिडियोमा दृश्य पण्डित र आस्था बिके फिचरिङ छन् । गीतको छाँयाकार युबराज खत्री हुन् भने संपादन पनि उनैले गरेका छन् । कलाकारको श्रृङगार बिमला सापकोटाले गरेकी छन् भने भिडियो निर्देशन श्याम तिमिल्सिनाले गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
