कृषि विकास बैंकमा खुल्यो जागीर (यस्तो छ सूचना)
प्रकाशित:
२०८०, ११ फाल्गुन

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।
बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको छ ।
त्यस्तै, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालका लागि आवेदन माग गरेको छ ।
ती पदका लागि योग्यता पुगेका नेपाली नागरिकले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
