स्वरोजगार लघुवित्तको बोनस सेयर घोषणा
प्रकाशित:
२०८०, १६ माघ

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
त्यस्तै सो बोनसको कर प्रयोजनार्थ कम्पनीले ०।३६८ प्रतिशत नगद लाभांश पनि छुट्याएको छ । कुल ४ करोड ६२ लाख रुपैयाँ बराबरको लाभांश लगानीकर्तालाई प्रदान हुने कम्पनीले जनाएको छ । बनेपामा प्रधान कार्यालय रहेको यस लघुवित्तको सेयर मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता ६५२ रुपैयाँ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
