यस्तो छ निता र सीडी विजयको ‘गरिदेउ विदा’ (भिडियो)
प्रकाशित:
२०८०, ९ माघ

काठमाडौं । गायिका निता आचार्य र सीडी विजय अधिकारीको स्वरमा ‘गरिदेउ बिदा’ नामक गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । खप्तडमा छायांकन गरिएको उक्त गीतलाई केही समयअघि परराष्ट्र मन्त्री एनपी साउदले सार्वजनिक गरेका थिए ।
एभरेस्ट ग्यालरीबाट सार्वजनिक गीतको शब्द सागर बास्तोला र संगीत ऋषि खड्काको रहेको छ । ‘दृश्यमा खप्तड, शृंखला २’ अन्तर्गतको उक्त म्युजिक भिडियोमा सनम कठायत र स्मारिका ढकालले अभिनय गरेका छन् । जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दिपक गिरीको रहेको छ । गीतलाई खप्तड क्षेत्र वरपरका गाउँमा सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
