भीड नियन्त्रणमा घातक हतियार प्रयोगबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
अखबार टुडे
प्रकाशित:
२०८०, ४ माघ

काठमाडौं । भीड नियन्त्रणमा प्रयोग गरिने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग सम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गर्दा निर्दोष नागरिकको मृत्यु हुने गरेको भन्दै रिट दायर गरेका थिए । उनले भीड नियन्त्रणका लागि यस्ता हतियारहरू प्रयोगमै प्रतिबन्ध लगाउनुपर्ने रिटमा माग गरेका छन् ।

अधिवक्ता त्रिपाठीले रिट निवेदनको टुंगो नलागेसम्म घातक हतियार प्रयोग नगर्नू नगराउनू भनी आन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया