बम्जनको घरमा ३ करोड रुपैयाँभन्दा बढी भेटियो
प्रकाशित:
२०८०, २५ पुष

काठमाडौं । तपश्वी भेषमा हत्या र बलात्कारजस्ता अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको हो ।
सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको छ । त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको एआईजी बज्राचार्यले बताइन् ।
‘लिटिल बुद्ध’ उपनामले परिचित बमजन मंगलवार काठमाडौंबाट पक्राउ परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको छ । बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
