राष्ट्रियसभा निर्वाचन : यस्तो छ दलहरुको सिट दावी
अखबार टुडे
प्रकाशित:
२०८०, २१ पुष

काठमाडौं । यही आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धन दलले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका छन् ।

ती नेताले ‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने काम भयो, अब दिउँसो ४ बजे चार दलको र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्नेछ ।’ उनका अनुसार आज वा भोलिसम्म गठबन्धनब्ीच सिट बाँडाफाँटमा कुरा मिल्न सक्नेछ ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ । नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।

प्रतिक्रिया