
काठमाडौं । यस ब्रोसिस मिडियाद्वारा सञ्चालित अखबार–टुडेका सम्पादक ललिता आङबुहाङको असमायिक निधन भएको छ । केही दिनअघि अचानक अस्वस्थ भएपछि धरानस्थित घोपा क्याम्पमा भर्ना भएकी आङबुहाङको उपचारकै क्रममा बिहीबार राति निधन भएको हो ।
पारिवारका अनुसार रक्तचापका कारण अचानक अस्वस्थ भएकी आङबुहाङको आइसियुमा उपचार हुँदै आएको थियो । उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पुर्खौली ताप्लेजुङ चाँगेकी ललिता पछिल्लो केही वर्षयता स्थायीरुपमा परिवारसहित धरान बस्दै आएकी थिइन् ।
राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए)को सदस्य तथा प्यासिफिक इन्टरनेशनल एकेडेमी, धरानको सञ्चालकसमेत रहेकी आङबुहाङ शिक्षण तथा पत्रकारितासँगै विभिन्न संघसंस्था रहेर समाजिक कार्यमा सक्रिय रहँदै आएकी थिइन् ।
अनलाइन मिडिया अखबार टुडेमा सम्पादक हुनअघि धरानको स्थानीय पत्रपत्रिकामा स्तम्भकार तथा डेक्स सम्पादकको रुपमा काम गरेकी थिइन् । उनी अखबार टुडेको संस्थापक सम्पादनसमेत हुन् ।
दिवंगत ललिता आङबुहाङको आत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा अखबार टुडे परिवार हार्दिक समवेदन प्रकट गर्दछौँ ।
