युएईबाट आएको जहाजको सौचालयमा मृत अवस्थामा शिशु भेटियो
अखबार टुडे
प्रकाशित:
२०८०, ४ पुष

काठमाडौं । युएईबाट काठमाडौं आएको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु भेटिएको छ । बुधबार बिहान ९ बजेतिर अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको हो । उनका अनुसार ती महिला यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन । ती महिला यात्रु र मृत शिशुलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको उनले बताए । उक्त घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया