उपसभामुख रानाद्वारा नेपाल सिनियर केयरको वेभसाइट लन्चिङ
अखबार टुडे
प्रकाशित:
२०८०, २४ मंसिर

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित नेपाल सिनियर केयरले आफ्नो वेभसाइट लन्चिङ गरेको छ । शनिबार प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको उपस्थितिमा वेभसाइटको लन्च गरिएको हो ।

कार्यक्रममा उपसभामुखले वेभसाइट लन्च गर्दै नेपाल सिनियर केयरलाई बधाई दिएकी थिइन् । साथै, उनले यस सिनियर केयरमार्फत धेरैभन्दा धेरै बृद्धबृद्धालाई सेवा दिन सकोस् भन्ने शुभकामना समेत दिइन् । सिनियर केयरले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा लगायत आवासीय सेवाले ज्येष्ठ नागरिकको जीवनयापन सहज हुने उनले विश्वास व्यक्त गरिन् ।

यस्तै, कार्यक्रममा सिनियर केयरका प्रवन्ध निर्देशक आरती पौडयाल कटवालले बृद्धबृद्धाको उत्कृष्ट सेवा, हेरचाह र आनन्ददायी जीवनको प्रत्याभूतिका लागि नेपाल सिनियर केयर दिवा तथा आवासीय सेवा, नर्सिङ्ग केयर, फिजियोथेरापी, आयुर्वेदिक थेरापी लगायतका सेवाहरु दिँदै आएको जानकारी दिइन् ।

प्रतिक्रिया