एनसेलको सेयर बिक्री अभिलेख नगर्न अदालतको आदेश
अखबार टुडे
प्रकाशित:
२०८०, २१ मंसिर

काठमाडौं । एनसेलको सेयर खरिद–विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद–बिक्री भएको भएपनि खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न आदेशमा भनिएको छ ।

यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको सेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मङ्सिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो । उक्त रिटमा मंसिर २५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको निरन्तरताका लागि छलफलमा बोलाएको छ ।

अदालतको यस आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भएपनि तत्कालै सेयर नामसारी नहुने भएको छ ।

प्रतिक्रिया