स्वरुपराज र रचनाको ‘फूल्यो चमेली’ गीतको भिडियोमा के छ ?
प्रकाशित:
२०८०, ८ मंसिर

काठमाडौं । चर्चित गायक स्वरुपराज आचार्य र गायिका रचना रिमालको स्वरमा ‘फूल्यो चमेली’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ ।
मनमैजु साँस्कृतिक समाजको प्रस्तुतिमा गीतकार डा. कमलराज शर्माको शब्द र हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा कलाकार गौरव पहारी र उषा रजकको अभिनय रहेको छ । भिडियोमा देशको विद्यमान अवस्था र जीवन निर्वाहका लागि विदेशिएका नेपालीको कारुणिक कथाव्यस्थाई चित्रण गरिएको छ ।
उत्तम हुमागाईको सिनेमाटोग्राफी र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । देशका लागि विद्यमान चारैतिरको चरम अस्थिरताले मानिसको मन अनिश्चित गतव्यतर्फ उडाइरहेको र वर्तमान अवस्थामा अनुकुल अवसर खोजिमा विदेश जानैपर्ने बाध्यता पैदा भएको प्रति लक्षित गर्दै गीतको रचना गरिएको गीतकार शर्माले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
