बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप
प्रकाशित:
२०८०, ७ मंसिर

काठमाडौँ । बल्खुमा युवा संघ नेपालका र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।
झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले भनेको छ ।
प्रशासनले युवा संघलाई तीनकुने र दुर्गा प्रसाइँ समहलाई बल्खुमा प्रदर्शन गर्न दिएको छ । काठमाडौं जिल्ला प्रशासनदले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निशेषधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
