आमाले बिहे गरिदिन लागेपछि भोगेका थिए ती किशोरी !
अखबार टुडे
प्रकाशित:
२०८०, २३ कार्तिक

काठमाडौं । महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी भेटिएका छन् । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।

औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका उनीहरु मंगलबार दिउँसोदेखि हराएका थिए । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले पाँचैजना किशोरी ढल्केवरमा भेटिएको बताएका हुन् ।

उनले भने, ‘आमाले जबर्जस्ती बिहे गरदिन लागेपछि हामी योजना बनाएरै घरबाट घुम्न निस्केको एकजना किशोरीले बताएकी छन् । उनीहरू घर फर्किन मानिरहेका थिएनन् ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले किशोरीहरूले फोन गरी प्रहरीको सम्पर्कमा आएपनि आफू रहेको ठाउँ बताएका थिएनन् । त्यसैले उनीहरू रहेको ठाउँ पत्ता लगाउन लोकेसन ट्याक गर्नुपरेको प्रहरीले जनाएको छ ।

पाँचै जनालाई महोत्तरी प्रहरीलाई जिम्मा परिवारलाई जिम्मा लगाइएको छ । फूलवरियाकी १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतीमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कविहीन भएपछि परिवारजनले मंगलबार बेलुकी प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया