राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित, भूकम्प प्रभावित क्षेत्रमा जाने
प्रकाशित:
२०८०, २० कार्तिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (भोलि) विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति मंगलबार त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि उनले युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जान लागेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
