जाजरकोट भूकम्प : घाइतेहरुको निःशुल्क उपचार
अखबार टुडे
प्रकाशित:
२०८०, १९ कार्तिक

काठमाडौं । सरकारले भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसका लागि देशका वीर, ट्रमा सेन्टरलगायतका अस्पतालहरु तयारी अवस्थामा राखिएको सरकारले बताएको छ । साथै, घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अब पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने जनाएको छ ।

बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् । उनले भने, ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ ।’ भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने उनको भनाइ छ ।

प्रतिक्रिया