कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो
प्रकाशित:
२०८०, १८ कार्तिक

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । उनले आज शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।
आफूहरूको सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री नियुक्त भएपनि जिम्मेवारी भने तोकिएको थिएन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
