६.४ म्याग्निच्युडको भूकम्प, जाजरकोट केन्द्रबिन्दु
प्रकाशित:
२०८०, १७ कार्तिक

काठमाडौं । शुक्रबार राति काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ५० मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
जरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।
भूकम्पको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
