काठमाडौंमा भूकम्पको धक्का
अखबार टुडे
प्रकाशित:
२०८०, १७ कार्तिक

काठमाडौ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

प्रतिक्रिया