सर्वोच्चले कैद माफी बदर गरेलगत्तै रिगल पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १६ कार्तिक

काठमाडौं । सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएलगत्तै हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चले बिहीबार रिगललाई कैद माफी दिने निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।

आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जबाट रिगललाई पक्राउ गरेको डीएसपी नारायण डाँगीले जानकारी दिए । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

प्रतिक्रिया