संघीय संसद्को चालु अधिवेशन अन्त्य
अखबार टुडे
प्रकाशित:
२०८०, १६ कार्तिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन बिहीबार राती १२ बजेबाट लागु हुनेगरी अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयले संसद्मा पठाएको छ । प्रतिनिधिसभामा दलका नेताहरुले बोलिरहेका छन् । उनीहरुले बोलिसकेपछि अधिवेशनको अन्त्यको सूचना सुनाइने छ । यो अधिवेशनमा संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरे । यो अधिवेशनमा मिटरव्याजीहरुलाई कारबाहीको दायरामा ल्याउनेगरी बनेको विधेयक पारित भएको थियो ।

प्रतिक्रिया