संक्रमणकालीन न्याय चाँडै टुंगिन्छ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०८०, १५ कार्तिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको दावी गरेका छन् । नेकपा एमालेले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार (आज) बिहान कांग्रेस सभापति र एमाले अध्यक्षसँगको भेटमा संक्रमणकालीन न्याय चाँडै टुंग्याउने सहमति भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘आज बिहान कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ ।’ उनले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए ।

‘हामीले पीडित केन्द्रित भएर कानुन बन्ने भनेर पटक–पटक भन्दै आएका छौं । विधेयकमा पनि त्यही छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु । आज बिहानको मिटिङ पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ ।’

प्रतिक्रिया