
पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन अन्त।ाष्ट्रिय समुदायलाई सुझाव दिएका छन् । नेपाल भ्रमणका क्रममा मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताए ।
‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ,’ अन्नपूर्ण आधार शिविरमा उभिएर उनले भने, ‘हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्, जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि यूएईमा हुँदैछ ।
महासचिव गुटेरेसले यही रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने बताए । हिउँ नभएपछि नदी नाला सुक्ने र मान्छेले पानी नपाउने स्थिति आउने उनले चेतावनी दिए ।
महासचिव आजै लुम्बिनी भ्रमणमा पुगेका छन् । पोखराबाट उनी सिै लुम्बिनी गएका हुन् । नेपाल आएको पहिलो दिनमै उच्च स्तरिय भेटवार्तामा सक्रिय भएका उनी त्यसपछि भ्रमणमा निस्केका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा नेपाल आएका हुन् । महासचिव गेटेरेसले आज संघीय संसदलाई सम्बोधन गर्दैछन् ।
