दसैँमा मौसम सफा रहने
अखबार टुडे
प्रकाशित:
२०८०, २ कार्तिक

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने जानकारी दिए । ‘दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने ।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

प्रतिक्रिया