चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक
प्रकाशित:
२०८०, २ कार्तिक

काठमाडौं । बुधबार जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएको छ ।
बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
उपप्रधानमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको बताइएको छ । उनको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।
श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका छन् । बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
