‘वंशको शासन नेपाली जनतालाई स्वीकार्य हुन्न’
अखबार टुडे
प्रकाशित:
२०८०, १ कार्तिक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई इंकित गर्दै अध्यक्ष नेपालले भने, ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’

अध्यक्ष नेपालले अब वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए । यस्तै, यसैक्रममा उनले सत्ता गठबन्धन पाँच वर्षका लागि बनेको बताउँदै कसैले भत्काउन नसक्ने दाबी गरे ।

प्रतिक्रिया