इजरायलबाट थप १९ जना नेपालीको उद्धार
प्रकाशित:
२०८०, ३० आश्विन

काठमाडौं । हमास–इजरायल युद्ध सरु भएपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ । परराष्ट्रमन्त्रालयका अनुसार इजरायलको तेल अभिवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको हो ।
उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म भारतको नयाँ दिल्ली आइपुग्ने मन्त्रालयले जनाएको छ । गत हप्ताको शनिवार हमासले एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । जसमा १३ सय इजरायली नागरिकको मृत्यु भएको थियो ।
हमासमाथि इजरायली सेनाले जवाफी कारवाही गर्दा २७ सय प्यालेस्टायनी नागरिकको मृत्यु भएको छ । इजरायली सेना र हमासबीचको युद्ध जारी छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
