कोशी सरकार विरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय
अखबार टुडे
प्रकाशित:
२०८०, १७ भाद्र

काठमाडौं, १७ भादौ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरिएको छ । मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।

अब रिटमा नियमित सुनुवाइ हुने छ । यसअघि शुक्रबारको लागि तोकिएको सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि स्थगित भएको थियो ।

यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

त्यसअघि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गरेको र यो गैरसंवैधानिक भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया