महानगरको गाडी रोकियो भने सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनी
प्रकाशित:
२०८०, १६ भाद्र
काठमाडौं, १६ भदौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र साह –बालेन)ले महानगरको गाडी रोक्ने काम भयो भने सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । मेयर साहले महानगरको डोजर सरकारले अवरोध गरेको संकेत गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।
मेयर साहले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
प्रतिक्रिया