भ्रष्टाचारी आफ्नै दलका नेता भए पनि छाडिन्न : प्रधानमन्त्री प्रचण्ड
प्रकाशित:
२०८०, १० भाद्र

काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितता लगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।
कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग आइतबार बिहान छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताए । यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई निर्देशन दिएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
